• ट्रेण्डिङ्ग :
पोखरा महोत्सव सुरु

पोखरा महोत्सव सुरु


  • 3.5K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.3K Views

    पोखरा महोत्सव सुरु

    पोखरा । युनाइटेड क्लब आयोजनामा बिहीबारदेखि १२ औं पोखरा महोत्सव सुरु भएको छ । अमरसिंह चौरमा आयोजित समारोहमा महोत्सवको प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले उद्घाटन गरे । उनले पोखरा अन्तरौष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताए ।

    images

    ठूलो लगानीमा विमानस्थल निर्माण भएको भए तापनि सञ्चालनको एक वर्ष पुगि सक्दासमेत अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद हो भने । के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो । उनले महोत्सव माध्यमबाट युवालाई देश विकासमा लगाउन सकिन्छ भन्ने कुरा क्लबले उजागर गरेको बताए । सेती नदीलाई पर्यटनसँग जोड्न स्थानीय, प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा सभामुख घिमिरेको जोड रहेको थियो । हराउँदै गएको रीतिरिवाज र परम्परा महोत्सवले जगेर्ना गर्ने भन्दै सफलताको समेत कामना गरे ।

    गण्डकी प्रदेशसभा उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लबले राज्यको पहँुच नपुगेको क्षेत्रमा सामाजिक काम गरी जनतालाई सहयोग गरेको बताइन् । प्रतिनिधि सभा सदस्य शिव नेपालीले आर्थिक चलायमानमा महोत्सवले सहयोग गरेको बताए । उनले यसको सिको अन्य संघसंस्थाले गर्नुपर्ने बताए ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्र्चीले पोखरा महोत्सवले देशको कला संस्कृति बचाउने बताउँदै पोखरा महोत्सवसँग सहकार्य गरेर प्रदेशको कला संस्कृतिको संरक्षणमा लाग्ने समेत बताए ।

    प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले पोखरा महोत्सवले महोत्सवबीचमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताए । गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले राज्यले गर्नुपर्ने काम युनाइटेड क्लबले गरेको बताए ।

    कास्कीका प्रजिअ बासुदेव घिमिरेले महोत्सव विशेष उद्देश्यका साथ आयोजना हुने र पोखरा महोत्सवको पनि आफ्नै उद्देश्य रहेकाले महोत्सवमार्फत विभिन्न जनचेतनामूलक क्रियाकलापसमेत सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, अमरसिंह मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण कोइरालाले पनि बोलेका थिए । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत र संस्थापक अध्यक्ष हिमालय बख्रेलले महोत्सवको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

    यसअघि पोखरा रंगशाला गेटबाट सुरु झाँकी -यालीमा -यालीतर्फ ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय प्रथम, नेपाल मगर संघ माटेपानी द्वितीय, जनप्रिय तमु समाज तथा वातावरण समाज सुधार तृतीय र स्यानी मजुवा आमा समुह र बुद्धचोक महिला समूह सान्त्वना भए । झाँकीतर्फ डढुवा दुर्छा लम्जुङ पोखरा तमु समाज प्रथम, नेपाल मगर संघ रामबजार दोस्रो, तामाङ बौद्ध समाज तृतीय र सिद्धेश्वर भजन मण्डली र रामबजार ताया मचा समितिले सान्त्वना स्थान हासिल गरे । झाँकी तथा -याली ३ सय बढी संघसंस्थाले भाग लिएका थिए ।

    पुस २६ देखि माघ ८ सम्म सञ्चालन हुने यो महोत्सवमा करिब २ सय ३० स्टल रहनेछन् । जसको साढे २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा छ ।

    महोत्सवबाट बचत रकम शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा लगाउँदै आएको आयोजकले यसपालिको आम्दानी पनि लेखनाथको अर्चलेमा विपन्न विद्यार्थीका लागि आवासीय छात्राबास निर्माण र सेती नदी एक पर्यटकीय गन्तव्य निर्माणका लागि रकम छुट्याउने जनाएको छ ।

    कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धितिर पु-याउने महोत्सवको मूल उद्देश्य हो । साथै सूचना प्रविधि’bout जानकारी, प्रदेशका पर्यटकीयस्थल एवं उत्पादित वस्तुको बजारीकरण, कलाकारे प्रस्फुटनमा सहयोग पु¥याउने, विभिन्न जाति-जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादन, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, पर्यटन प्रवद्र्धनका सामग्री प्रदर्शनी एवं जानकारी दिइनेछ । हिमाली भेगमा पाइने याक अवलोकन महोत्सवको प्रमुख आकर्षण हुनेछ । आयोजकले राष्ट्रियदेखि स्थानीय कलाकारको दैनिकरुपमा प्रस्तुति रहने जनायो । साँझ कन्सर्ट हुने महासचिव दिनेश सुनारले बताए ।


    तेस्रो आँखा