• ट्रेण्डिङ्ग :
एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिँदै

एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिँदै


  • 4.1K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिँदै

    महोत्तरी २७ पुस/ महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले किसानलाई उखुको भुक्तानी दिन थालेको छ । मिलले उखु खरिद गरेकोे सात दिनभित्रै भुक्तानी गर्ने नीति अनुसार नयाँ रेट प्रतिक्विन्टल ५६५ रुपियाँको दरले किसानको खातामा रकम जम्मा गर्न सुरु गरेको छ । 

    images

    मङ्सिर ४ देखि क्रसिङ सुरु गरेको एभरेस्टले पुस २० सम्मको चार लाख ९४ हजार क्विन्टल उखुको २८ करोड ६५ लाख रुपियाँ भुक्तानी गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । एभरेस्टले बिदाको दिनबाहेक खरिद गरेको हरेक सात दिनभित्र उखुको भुक्तानी दिने नीति लिएको छ । अहिलेसम्म चार पटक गरी उखु कृषकको खातामा उक्त रकम जम्मा गरिएको उहाँले बताउनुभयो । “उखु किसानलाई माघेसंक्रन्तिमा सहज होस् भनेर पाँचौँ पटकको भुक्तानीका लागि अन्तिम तयारीमा जुटेका छौँ,” शुक्लाले भन्नुभयो । 

    विगतका क्रसिङ सिजनमा एक वर्षभन्दा बढी समय बिताएर भुक्तानी दिने गरेका चिनी मिलले समयमै भुक्तानी दिने नीति अवलम्बन गर्नु सकारात्मक भएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । “सरकारले उखुको उचित मूल्य निर्धारण नगर्दा निराश बनेका कृषकलाई समयमै भुक्तानी पाउँदा थोरै भए पनि राहत मिलेको छ,” उहाँले प्रतिव्रिmया दिनुभयो ।

    चिनी मिलले नियमित भुक्तानी सुरु गरे पनि प्रतिक्विन्टल ७० रुपियाँ अनुदान भने सरकारले कहिलेसम्म दिने हो अनिश्चित छ । सरकारले गत वर्ष उखुको ५४० रुपियाँ रेटमा २५ रुपियाँ मात्र थप गरी प्रतिक्विन्टल ५६५ रुपियाँ कायम गरेकाले किसान निराश बनेको कुशवाहाले बताउनुभयो । यो वृद्धिसँगै सरकारले दिने ७० रुपियाँसमेत जोड्दा उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ कायम भएको छ । उखु किसानले भने बढ्दो महँगीका कारण उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए । 

    एभरेस्टले व्रmसिङ सिजन ९२०८०/८१० मा न्यूनतम ३० लाख क्विन्टल उखु व्रmसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न दैनिक ४० हजार क्विन्टल उखु व्रmसिङ गरी तीन हजार छ क्विन्टल चिनी उत्पादन गर्दै आएको महाप्रबन्धक शुक्लले बताउनुभयो । एभरेस्ट चिनी मिलका प्रमुख उखु महाप्रबन्धक ९क्यान म्यानेजर० बिके यादवका अनुसार महोत्तरीका आठ हजार कृषकले यो वर्ष सात हजार बिघामा उखु खेती गरेका छन् ।


    तेस्रो आँखा