• ट्रेण्डिङ्ग :
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक


  • 2.7K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

    काठमाडौं । नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ । २७ पुसदेखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले बताएको छ । जसअनुसार १ दिनका लागि १९ रुपैयाँमा चार सय एमबी र ३३ रुपैयाँमा १२ सय एमबी डाटा उपलब्ध हुनेछन् । त्यसैगरी ७ दिनका लागि एक सय नौ रुपैयाँमा पाँच जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा सात जीबी डाटा उपलब्ध हुनेछन् ।

    images

    स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनका लागि एक सय नौ रुपैयाँमा ६ जीबी डाटा तथा एक सय ३९ रुपैयाँमा ६ जीबी डाटा र एक सय ७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटूएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने जनाएको छ ।


    तेस्रो आँखा