काठमाडौं । सोल्टी होटल लिमिटेडले प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत लाभांश पारित भएको छ ।
शुक्रबार सम्पन्न कम्पनीको ४९औँ साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको २६.५७८९५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसमेत रहेको कम्पनीको एकीकृत आर्थिक विवरणहरू पनि पारित गरेको छ ।
