काठमाडौं, कात्तिक १० , बागमती प्रदेश सभाको बैठक आज बोलाइएको छ। बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गरिने छ ।
बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बनेलगत्तै देखि नै अल्पमतमा परेकी थिइन्। उनी नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने पनि एमाले विभाजन भएकोले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने ब्यवस्था रहेको छ ।
बागमती प्रदेशमा कुनै नयाँ समिकरण नभएमा मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने छैनन्। विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा ९एकीकृत समाजवादी० प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन्।
बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक राखिएको छ। सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गरिने र त्यसका लागि सबै तयारी गरिसकिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्री शाक्यका पक्षमा एमालेका ४३ जना प्रदेश सभा सदस्य मात्रै छन् भने विपक्षी गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा ( एकीकृत समाजवादी )का १३ र जसपाको एक सांसद छन्। विश्वासको मत पाउन ५५ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनमा ५९ जना सांसद छन् । प्रदेश सभामा रहेका विवेकशील साझाका ३ सांसद, नेमकिपा र राप्रपाका १ / १ जना सांसद समेत रहेका छन् । यि सांसदले कता मतदान गर्छन् खुलेको छैन।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्। यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएलगत्तै उनी मुख्यमन्त्री बनेकी थिइन्।
