• ट्रेण्डिङ्ग :
एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल


  • 3.3K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

    काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन् । हालै सम्पन्न २८औँ वार्षिक साधारण सभाले गोयललाई अध्यक्ष चयन गरेको हो।

    images

    सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा गत बिहीबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो।

    बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको समेत जनाएको छ। यस्तै बैंकको निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको जानकारी दिइयो। 

    सभामार्फत् संस्थापक शेयरधनीका तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनीको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भए । एफएमओको तर्फबाट श्री निको पिलको साटो शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराइएको थियो ।

    बैंकले हाल देशभर २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 


    तेस्रो आँखा