• ट्रेण्डिङ्ग :
बैंकको निक्षेप एकैदिन २६ अर्बले बढ्यो, कूल निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो

बैंकको निक्षेप एकैदिन २६ अर्बले बढ्यो, कूल निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो


  • 3.0K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    बैंकको निक्षेप एकैदिन २६ अर्बले बढ्यो, कूल निक्षेप ६१ खर्ब ३० अर्ब पुग्यो

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६१ खर्ब ३० अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म अर्थात् १४ जनवरी, २०२४ सम्ममा बैंकहरुको निक्षेप ६१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो ।

    images

    पुस २८ गते ६१ खर्ब ४ अर्ब रुपैयाँ बराबर निक्षेप रहेकोमा भोलिपल्ट अर्थात् एकैदिन २६ अर्ब रुपैयाँले बढेको छ । 

    यस्तै समीक्षा अवधिमा यता बैंकहरुको कर्जा लगानी समेत बढेर ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । पुस २८ गतेसम्म कूल ५० खर्ब ५९ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुले पुस २९ गते नै २७ अर्ब रुपैयाँले कर्जा लगानी विस्तार गरेका हुन् । 

    कूल लगानीमध्ये ४४ खर्ब ९९ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले लगानी गरेका छन् भने बाँकी ५ खर्ब ८७ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुले गरेका छन् । 

    पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ८०.२६ प्रतिशत सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेका छन् । मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ९० प्रतिशतको सीमा दिएको छ । 

    तथ्यांक हेर्दा अझैँ बैंक तथा वित्तीय संस्थाहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको बुझिन्छ । 


    तेस्रो आँखा