• ट्रेण्डिङ्ग :
बालबालिकाका लागि अमेरिकाबाट १ करोड खोप आउने 

बालबालिकाका लागि अमेरिकाबाट १ करोड खोप आउने 


  • 5.9K
    SHARES
    • कार्तिक १२, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    बालबालिकाका लागि अमेरिकाबाट १ करोड खोप आउने 

    काठमाडौँ,कात्तिक १२ ।
    सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ । अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी गरेको बताए । यसअघि सोमवार अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको फाइजरको १ लाख ६ सय २० मात्रा खोप सरकारले कात्तिक २८ गतेबाट लगाउने तयारी गरेको छ । जसका लागि देशभर २४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । 

    images


    तेस्रो आँखा