• ट्रेण्डिङ्ग :
जनमत पार्टी बाहिरिए पनि मधेश प्रदेशका मुख्मन्त्रीलाई बहुमत कायमै

जनमत पार्टी बाहिरिए पनि मधेश प्रदेशका मुख्मन्त्रीलाई बहुमत कायमै


  • 5.0K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.7K Views

    जनमत पार्टी बाहिरिए पनि मधेश प्रदेशका मुख्मन्त्रीलाई बहुमत कायमै

    काठमाण्डौ । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । तर जनता समाजवादी पार्टी, जसपाबाट मुख्यमन्त्री भएका सरोज यादवलाई बहुमत कायमै छ । हिजो जनमत पार्टीबाट मन्त्री भएका दुुईजनाले पदबाट राजीनामा दिँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

    images

    १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ । सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन छ ।

    जनमत पार्टीका १३ सांसदको मात्र समर्थन फिर्ता भएको हो । पछिल्लो समय मधेशमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ । केन्द्रमा पनि सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ । राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत पार्टी असन्तुष्ट भएको हो ।


    तेस्रो आँखा