• ट्रेण्डिङ्ग :
मधेश प्रदेश : जनमतका दुई मन्त्रीको राजीनामा स्वीकृत

मधेश प्रदेश : जनमतका दुई मन्त्रीको राजीनामा स्वीकृत


  • 4.6K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.1K Views

    मधेश प्रदेश : जनमतका दुई मन्त्रीको राजीनामा स्वीकृत

    जनकपुरधाम १० माघ/मधेश सरकारबाट बाहिरिएको जनमत पार्टीका दुई मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । मंगलबार साँझ जनमतबाट शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री रहेका चन्दन सिंहले मुख्यमन्त्री सरोज कुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई राजीनामा बुझाएका थिए ।

    images

    उनीहरुको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज विज्ञप्ति जारी गर्दै शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवले सम्हाल्ने गरी तोकिएको जनाएको छ ।

    madhesh.png
    undefined

     


    तेस्रो आँखा