• ट्रेण्डिङ्ग :
बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु

बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु


  • 4.9K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.6K Views

    बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु

    पोखरा । म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो । 

    images

    युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

    गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुईजना घाइते छन् । उनीहरुको बेनीमै उपचार भैरहेको कुवँरले बताए । उनीहरुलाई ८(१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ । 

    घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । कारण खुल्न सकेको छैन । अनुसन्धान भैरहेको छ । 


    तेस्रो आँखा