• ट्रेण्डिङ्ग :
जाजरकोटका २९ जना बालबालिका मामाघरमा

जाजरकोटका २९ जना बालबालिका मामाघरमा


  • 3.7K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    जाजरकोटका २९ जना बालबालिका मामाघरमा

    जाजरकोट १२ माघ/जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सर्पोट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ । 

    images

    भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपद्मा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सर्पोट एन्ड केयर सेन्टर ललितपुरले गर्नेछ । 

     स्थानीय समाजसेवी विकास रोकायाको  पहलमा कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकाहरू लाई मामाघर लगिएको हो । जाजरकोट यति वेला भूकम्पका कारण निकै समस्या छ, ,‘बालबालिकाको शिक्षा, दीक्षा समेत अभिभावले दिन नसक्ने कुराको ख्याल गरी उनीहरूलाई त्यहाँ पठाइएको रोकायाको भनाइ छ ।  ।’

    स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनौट गरी पठाइएको समेत रोकायले जानकारी दिनु भयो । अनाथालयका कर्मचारीहरू  नै जाजरकोट पुगी सबै कानुनी प्रक्रिया पुरा गरेर उनीहरूलाई ललितपुर लिएको समेत विकासले जानकारी दिनु भयो ।


    तेस्रो आँखा