• ट्रेण्डिङ्ग :
विराटनगर महानगरको पुँजीगतभन्दा चालु खर्च धेरै

विराटनगर महानगरको पुँजीगतभन्दा चालु खर्च धेरै


  • 3.5K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.4K Views

    विराटनगर महानगरको पुँजीगतभन्दा चालु खर्च धेरै

    विराटनगर । विराटनगर महानरपालिकामा ६ महिनाको अवधिमा पुँजीगतभन्दा चालु खर्च बढी देखिएको छ । महानगरसभाको १३औँ अधिवेशनमा प्रस्तुत आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा खर्चमध्ये पुँजीगततर्फ ३८ करोड ६७ लाख १६ हजार ७०० रुपैयाँ (३०.६५ प्रतिशत) र प्रशासनिक एवं चालुतर्फ ६२ करोड १५ लाख १९ हजार ३०० रुपैयाँ (४०.१४ प्रतिशत) विवरण प्रस्तुत गरिएको हो ।

    images

    उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै तीन अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म एक अर्ब आठ करोड ६८ लाख ५१ हजार ७०० रुपैयाँ (३३ प्रतिशत) मात्रै भएको जानकारी दिइन् । 

    कुल अनुमानित व्यय तीन अर्ब २८ करोड ५० लाख अनुमान गरिएकोमा पुस मसान्तसम्म यथार्थ व्यय एक अर्ब तीन करोड १६ लाख ९३ हजार ८०० रुपैयाँ अर्थात् ३१ दशमलव १४ प्रतिशत मात्रै भएको विवरण पेस गरिन् ।

    महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९ सय रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको उपमेयर कार्कीले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    त्यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार रुपैयाँ अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय रुपैयाँ अर्थात् १९ दशमलव ११ प्रतिशतमात्रै प्राप्त भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको कार्कीले बताइन् । 


    तेस्रो आँखा