• ट्रेण्डिङ्ग :
जग्गा हडपेको आरोपमा व्यवसायी चौधरी र थापा पक्राउ

जग्गा हडपेको आरोपमा व्यवसायी चौधरी र थापा पक्राउ


  • 3.6K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    जग्गा हडपेको आरोपमा व्यवसायी चौधरी र थापा पक्राउ

    काठमाडौं १८ माघ/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । 

    images

    सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो । 

    चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापाको मिलेमतो रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा