• ट्रेण्डिङ्ग :
समन्वयको अभावका कारण गरेको काम बालुवामा पानी खनाए सरह भाे : महानगर

समन्वयको अभावका कारण गरेको काम बालुवामा पानी खनाए सरह भाे : महानगर


  • 10.3K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    समन्वयको अभावका कारण गरेको काम बालुवामा पानी खनाए सरह भाे : महानगर

    काठमाडौं, ३० पुस। समन्वयको अभावका कारण महानगरले चाहेजस्ताे काम गर्न नसकेकाे काठमाडाैं महानगरका पदाधिकारीहरूले गुनासाे गरेका छन् । आज काठमाडाैमा आयाेजीत नगरसभा तथा १० औं अधिवेशनमा बाेल्दै महानगरका पदाधिकारीले गुनासाे गरेका हुन् । 

    images

    काठमाडौं महागरपालिकाको नगरसभा तथा १० औं अधिवेशनमा समन्वय अभावको चर्चा चल्याे। काठमाडाैंका महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले समेत समन्वयकाे अभाव भएकाे स्वाकार गरेका छन् ।

    काठमाडौं महानगरले नगरसभा तथा १० औं अधिवेशन सम्पन्न गरेको छ। राष्ट्रिय सभागृहमा भएको अधिवेशनमा विकास निर्माण र आर्थिक गतिविधिका विषयमा  छलफल भएकाे थियाे । सडक विकासलगायत अन्य विविध विषयलाई लिएर स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच समन्वयको अभावले गरेकाे काम पनि नगरे जस्तो भएको र अपजस पाएको मेयर विद्यासुन्दर शाक्यले गुनासाे गरे । 

    अधिवेशनमा उठेका सवालको जवाफ दिदै मेयर शाक्यले सडक तथा अव्यवस्थित तारको विषयमा समन्वय गर्न नसकेको बताए ।  खानेपानी, बिजुलीको अण्डर ग्राउण्ड तार  लगायतका कार्यले कामै नगरेजस्ताे बनाएकाे उनले बताए ।

    स्थानीय, प्रदेश र केन्द्र सरकार तथा मातहतका मन्त्रालय र विकास निर्माणका काम गर्ने निकायबीच समन्वय गर्न कठिन भएको उनीहरूले स्वीकार गरे ।  कार्यक्रममा  महानगरको बेरुजुको विषले पनि निकै चर्चा पायो । बेरुजुलाई शुन्यमा झार्न छुट्टै समीति नै बनाएर काम गरेको मेयर शाक्यले बताए । यो  अधिवेशनै आफूहरुको अन्तिम अधिवेशन भएकोले अब बाँकी रहेको चार पाँच महिनमामा सक्दो गतिमा काम गर्न लाग्न शाक्यले सबैलाई आग्रह पनि गरे । 

    अधिवेशनमा काठमाडौं महानगरकी उपप्रमुख तथा प्रमुख प्रसाशकीय अधिकृतले समन्वयको अभावका कारण हामीले गरेको काम बालुवामा पानी खनाए सरह भएको बताए ।

    त्यस्तै, नगरसभामा काठमाडौं महानगरका वडा सदस्यहरुले पाँच वर्षे कार्यकाल  सकिन लाग्दा अझै बिग्रिएको गुनासो गरे । सआफू त्यहीको बासिन्दा भएका कारण जनताले चुनाब आउँदै छ भनेर जिस्काउने र गुनासो पोख्ने गरेकाे उनीहरूकाे भनाइ छ । उनीहरूले सडक र अव्यवस्थित तारको अवस्थालाई लिएर पटक पटक भन्ने गरेकाे तर आफूहरू जावाफविहिन हुने गरेकाे गुनासाे गरेका छन् । 

    कोभिड तथा अन्य सामाजिक, आर्थिक, प्रसाशनिक, भौतिक लगायत विषयमा अधिवेशनमा छलफल भएकाे थियाे  । यो अन्तिम अधिवेशन भएकोले एक अर्काबीच शुभकामना आदानप्रदान गरेर काठमाडौं महानगरको दशौंं अधिवेशन तथा नगर सभाको मेयर शाक्यले समापन गरे । 


    तेस्रो आँखा