• ट्रेण्डिङ्ग :
राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै सेना

राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै सेना


  • 5.0K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.7K Views

    राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै सेना

    सुर्खेत, फागुन २ । 
    नेपाली सेनाले फागुन १२ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रुपमा रहेको लामो दूरीको दौडकोे प्रवद्र्धन तथा खेलकुद क्षेत्रको विकास गर्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नका लागि दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । 
    उत्तर–पश्चिम पृतना हेडक्वार्टर नेमारेको आयोजनामा हुने प्रतियोगीतामा लामो र छोटो दूरीका दौडसहित पैदलयात्रा समावेश हुनेछ । पृतनापति उपरथी कृष्णदेव भट्टले नेपाली सेना र जनताबीचको सम्वन्धलाई मजबुत बनाउँदै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
    ‘कर्णाली प्रदेशको पहिचानको रुपमा रहेको लामो दूरीको दौडलाई प्रवद्र्धन गर्नुका साथै नेपाली जनता र सेनावीचको सम्बन्धलाई मजबुत बनाउन तथा राष्ट्रिय एकताको भावना अभिबृद्धि गराउने उद्देश्य अनुसार रन फर युनिटी आयोजना गर्न लागिएको हो,’ पृतनापति भट्टले भने, ‘प्रतियोगीतामा पाँच किलोमिटर पैदलयात्रादेखि २१ किलोमिटरसम्मको समावेश गरिएको छ ।’
    रन फर युनिटी कार्यक्रमबाट विद्यार्थी तथा खेलाडीहरुलाई हौसला प्रदान गर्नुका साथै राष्ट्रिय एकताको भावना जागृत हुनुका साथै सेना र जनताबीचको सम्वन्ध अझ सुमधुर हुने विश्वास लिएको बताए ।
    सेनाका अनुसार पाँच किलोमिटर पैदलयात्रामा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, नेपाली सेनाका इच्छुक सकल दर्जा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु र भूतपूर्व सुरक्षाकर्मीहरु सहभागी हुनेछन् । यस्तै कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुका लागि छात्र पाँच किलोमिटर र छात्रा पाँच किलोमिटर दौड राखिएको छ । १० किलोमिटरतर्फ खुल्ला पुरुष र खुल्ला महिला दौडको आयोजना गरिएको छ भने २१ किलोमिटर खुल्ला पुरुष दौड प्रतियोगीताको आयोजना गरिएको छ । 
    प्रतियोगीतामा करिव एक हजारको सहभागिता रहने अपेक्षा सेनाले गरेको छ । पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, पाँच हजार र तीन हजार, १० किलोमिटरमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र पाउनेछन् भने २१ किलोमिटर दौडमा प्रथम हुनेले ३५ हजार, द्धितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ पुरस्कार र प्रमाणपत्र पाउने छन् ।
    प्रतियोगीताकै दिन नेपाली सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि आयोजना गरेको छ । उत्तर–पश्चिम पृतना अन्तर्गत रहेका युद्धक तथा युद्ध मद्दती फौजहरुले प्रयोग गर्ने सामग्री तथा उपकरणहरुको साथसाथै विगतमा उक्त युनिटहरुले गरेका मुख्यमुख्य कार्यहरुको फोटो प्रदर्शनी गरिने सेनाले जनाएको छ ।

    images