बुटवल , कात्तिक १४ ।
कार्ययबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आगामी आमनिर्वाचन सम्म अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन् । संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउन निर्वाचनसम्म गठबन्धन कायम रहने उनको भनाइ छ । आज गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा उनले शान्ति र स्थायित्व कायम गर्न, संविधानको कार्यान्वयन र व्यवस्था रक्षाको लागि सरकार गम्भीर रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुने तथा संविधान र व्यवस्था प्रति सबैको स्वामित्व स्थापित हुने उनको भनाइ थियो ।
