• ट्रेण्डिङ्ग :
जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा

जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा


  • 3.2K
    SHARES
    • फाल्गुण ५, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.9K Views

    जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा

    धनुषा ५ फागुन/मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नुभएको छ ।

    images

    मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवका अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

    त्यस अवसरमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेस प्रदेशले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिष्टीकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

    प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा अङ्कुर साहले क्याथ ल्याब सञ्चालनमा आएपछि मुटु रोगीहरुलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । मधेस प्रदेशमा सरकारीस्तरमा पहिलो क्याथ ल्याब सञ्चालनमा आएको हो ।


    तेस्रो आँखा