• ट्रेण्डिङ्ग :
तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भैरहेको छ : दाहाल

तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भैरहेको छ : दाहाल


  • 6.0K
    SHARES
    • कार्तिक १५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    तीनै तहको चुनाव एकैपटक गर्नेबारे छलफल भैरहेको छ : दाहाल

    काठमडौँ,कात्तिक १५ । 
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुईथरि विचारमा छलफल भइरहेको बताएका छन् । आज पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कार्यक्रममा उहाँले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने वा पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताए । निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा छलफल चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको उनको भनाई छ । राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने ग¥यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको अध्यक्ष प्रचण्डले बताए ।

    images


    तेस्रो आँखा