• ट्रेण्डिङ्ग :
बल्ल पुग्याे हुम्लामा चामल

बल्ल पुग्याे हुम्लामा चामल


  • 6.6K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    बल्ल पुग्याे हुम्लामा चामल

    काठमाडाैं,७ माघ । सडक सुविधा नपुगेको हुम्लामा झन्डै ४ महिनापछि खाद्यान्न ढुवानी सुरु भएको छ । टेन्डर प्रक्रियामा ढिलाइ र टेन्डरमा अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बल्ल चामल ढुवानी सुरु गरेको हो ।

    images

    हुम्लाका लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । यसमा हवाईमार्गबाट १० हजार र स्थलमार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरी कोटा स्वीकृत भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निर्देशनपछि सबै जहाज कम्पनीले चामल ढुवानीलाई तीव्रता दिएका हुन् । मंगलबार मात्रै १ सय ४२ क्विन्टल चामल ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्ला शाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # हुम्ला

  • तेस्रो आँखा
    लेखकबाट थप