• ट्रेण्डिङ्ग :
पर्व बिदा विवादरहित बनाइने

पर्व बिदा विवादरहित बनाइने


  • 4.2K
    SHARES
    • फाल्गुण २९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.5K Views

    पर्व बिदा विवादरहित बनाइने

    काठमाडौँ, २९ फागुन/सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ । 

    images

    यही फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिएको सन्दर्भमा राससको जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी वर्षको क्यालेन्डर सार्वजनिक हुनुअघि विवादरहित ढङ्गबाट समस्या सम्बोधन गर्ने पक्षमा सरकार रहेको र त्यसका लागि सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । 

    बहुजातीय एवं बहुधार्मिक देश नेपालमा सबैको धर्म, संस्कृति र भावनालाई समेटेर अघि बढ्नुपर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले भन्नुभयो, “एक वर्षअघि प्रकाशित क्यालेन्डर हामी सबैको घरघरमा झुन्डिएकै छ, कुनै धार्मिक पर्व विशेषको बिदाका दिन गल्ती भएको जानकारी प्राप्त भएको भए तत्क्षणमै सच्याउन सकिन्थ्यो, आगामी वर्षको बिदाको हकमा सम्बन्धित समुदायसँग छलफल गरेर मात्र क्यालेन्डर प्रकाशित गरिने छ ।”

    करिब एक महिनाअघि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसँग सम्बन्धित समुदायका प्रतिनिधिले यस विषयमा कुरा राख्दै पञ्चाङ्ग निर्णायक समितिमा सबै धर्म समुदायको प्रतिनिधित्व हुनुपर्ने भनी माग राख्नुभएको भन्ने जानकारी प्राप्त हुनासाथ केन्द्रमा गृह सचिवबाट सोधखोज हुँदा स्पष्ट एवं ठोस जवाफ नआएपछि क्यालेन्डरअनुसार बिदा दिएको उहाँले स्पष्ट पार्नुभयो । 

    प्रवक्ता भट्टराईले यस वर्षको अनुभवबाट पाठ सिक्दै सम्बन्धित धार्मिक समुदायका प्रतिनिधिसँग समेत छलफल गरी आगामी वर्षको पर्व बिदा निर्धारण गरिने जानकारी दिनुभयो । 


    तेस्रो आँखा