• ट्रेण्डिङ्ग :
अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट  ललितपुर महानगरपालिका बन्द

अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट  ललितपुर महानगरपालिका बन्द


  • 13.2K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 20.3K Views

    अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट  ललितपुर महानगरपालिका बन्द

    काठमाडौं, ९ माघ । ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ ।

    images

    महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत संक्रमित भई उपचार एवं होम आइसोलेशनमा रहेको जनाएको छ ।

    यसरी अधिकांश कर्मचारीहरु संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स्, सरसफाई, नगरप्रहरी) बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् । 

    Lalitpur_mahanagar_Release.jpg
     

     


    तेस्रो आँखा