• ट्रेण्डिङ्ग :
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा


  • 4.7K
    SHARES
    • चैत्र १५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.2K Views

    राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा

    काठमाडौँ, १५ चैत/राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाउनुभएको हो ।

    images

    अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

    अर्याल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 


    तेस्रो आँखा