• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो 

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो 


  • 8.4K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो 

    विरेन्द्रनगर, १२ माघ । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ।

    images

    मतदान बिहान ९ बजेबाट सुरु भएको हाे। तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

    प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका हुन्। 

    कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख  र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

    १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो। 
     

  • सम्बन्धित विषय:

  • # कर्णाली
  • # राष्ट्रिय सभा निर्वाचन

  • तेस्रो आँखा