• ट्रेण्डिङ्ग :
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा


  • 3.1K
    SHARES
    • चैत्र १६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
    सिन्धुपाल्चोक, १६ चैत/ सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ ।
     
    जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ वैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयो ।
     
    विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुआत गरिएको थियो । त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गगर्नुभएको थियो ।


    तेस्रो आँखा