• ट्रेण्डिङ्ग :
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन


  • 3.1K
    SHARES
    • चैत्र १९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशन

    हेटौँडा, १९ चैत/नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकमा अनिवार्यरुपमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । 

    images

    आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले पार्टीका सांसदलाई निर्देशन दिनुभएको हो ।

    आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताउनुभयो । बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको पक्षमा मत दिन निर्देशन दिइएको उहाँको भनाइ छ ।

    सत्ता समीकरणअनुसार गत शनिबार मात्रै एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएको छ । 


    तेस्रो आँखा