• ट्रेण्डिङ्ग :
आज यी प्रदेशमा पानी पर्ने सम्भावना 

आज यी प्रदेशमा पानी पर्ने सम्भावना 


  • 5.3K
    SHARES
    • चैत्र २३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.2K Views

    आज यी प्रदेशमा पानी पर्ने सम्भावना 

    काठमाडौं २३ चैत/हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    images

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


    तेस्रो आँखा