• ट्रेण्डिङ्ग :
लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल


  • 3.0K
    SHARES
    • चैत्र २४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.6K Views

    लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

    भरतपुर (चितवन) २४ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आजदेखि सुरु भएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालको दोस्रो राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा उहाँले समाजमा आपतविपत पर्दा क्लबले महत्वपूर्ण काम गरेको बताउनुभयो । 

    images

     ‘आपतकालीन अवस्था, भूकम्प, कोभिडलगायतका महामारीमा लायन्सले खेलेको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँहरुको काम गर्ने शैली सबैका लागि अनुकरणीय छ ।” 

      लायन्स क्लबमा हुने गरेको नेतृत्व हस्तान्तरण, सहजता, लक्ष्य निर्धारण र कार्यसम्पादनको राजनीतिक दलले अनुसरण गर्नुपर्ने बताउनुभयो । देशमा विभेदरहित मानवीय सेवा सबैका लागि आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि सबैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

     सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताका हकअधिकारको सुनिश्चितता गरेको जनाउँदै उहाँले राजनीतिक उपलब्धिलाई समाज रुपान्तरण र मानव सेवामा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाले जनताका जनजीविकाका मुद्दा उठाउँदै पालिका र प्रदेशलाई सङ्घ सरकारसँग जोड्ने काम गर्ने बताउनुभयो ।

      


    तेस्रो आँखा