• ट्रेण्डिङ्ग :
एक सय पाँच अंकले बढ्यो नेप्से

एक सय पाँच अंकले बढ्यो नेप्से


  • 7.5K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    एक सय पाँच अंकले बढ्यो नेप्से

    काठमाडौं, १६ माघ। साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ। नेप्सेका सबै परिसूचक हरियाली छाएको छ। 

    images

    आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ। नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ।

    नेपाल स्टक एक्सचेन्जकाअनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ। सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ।

    आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ। आइतबार एक करोड २१ लाखभन्दा बढी सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ। 

    सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै सेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन्।
     

  • सम्बन्धित विषय:

  • # सेयर कारोबार

  • तेस्रो आँखा