• ट्रेण्डिङ्ग :
जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते


  • 3.0K
    SHARES
    • बैशाख ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

    सिन्धुपाल्चोक, ७ वैशाख/ जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् ।

    images

    दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । 

    दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।


    तेस्रो आँखा