• ट्रेण्डिङ्ग :
सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे

सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे


  • 5.5K
    SHARES
    • बैशाख १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.4K Views

    सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे

    काठमाडौँ, १४ वैशाख/ सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् । 

    images

    आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो ।

    गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसके बताउनुभयो । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी काम गर्ने बताउनुभएको थियो । 

    गृहमन्त्री लामिछानेले सहकारीको समस्या छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकले उक्त समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने निर्णय गरेको थियो ।


    तेस्रो आँखा