• ट्रेण्डिङ्ग :
हुरीबतासका कारण ४० परिवारका घरमा क्षति

हुरीबतासका कारण ४० परिवारका घरमा क्षति


  • 3.1K
    SHARES
    • बैशाख १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    हुरीबतासका कारण ४० परिवारका घरमा क्षति

    बाजुरा, १५ वैशाखः आज यहाँ आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ । गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढ एक बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिनुभयो । 

    images

     सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताउनुभयो । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताउनुभयो । 

     घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरीबतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिनुभयो । आधाघण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।


    तेस्रो आँखा