• ट्रेण्डिङ्ग :
कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा


  • 3.9K
    SHARES
    • बैशाख १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा
    बागमती, १६ वैशाख/ कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक  बिहान ९ देखि अपराह्न १२ बजेसम्म र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
     
    बिहानको समयमा ३ घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । सो नियमअनुसार अगामी जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उहाँको भनाइ छ । 
     
    ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्जाङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ ।


    तेस्रो आँखा