• ट्रेण्डिङ्ग :
२४ घण्टामा थपिए तीन हजार छ सय ३७ कोरोना संक्रमित

२४ घण्टामा थपिए तीन हजार छ सय ३७ कोरोना संक्रमित


  • 6.8K
    SHARES
    • माघ १९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    २४ घण्टामा थपिए तीन हजार छ सय ३७ कोरोना संक्रमित

    काठमाडौं, १९ माघ । पछिल्लो २४ घण्टामा नेपालभर तीन हजार छ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

    images

    नेपालभर ११ हजार पाँच सय ८२ जनाको नमुना परिक्षण गर्दा तीन हजार छ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    छ हजार चार सय ९९ को पिसिआर परिक्षणका क्रममा दुई हजार दुई सय पाँच जनामा र पाँच हजार ८३ जनाको एन्टीजेन परिक्षणका क्रममा एक हजार चार सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा सात हजार पाँच सय ५५ कोरोना संक्रमित निको भएका छन् । त्यस्तै कोरोनाको कारण २४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल नेपाल सक्रिय कोरोना संक्रमितको संख्या ६९ हजार दुई ९१ रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # काेराेना भाइरस

  • तेस्रो आँखा