• ट्रेण्डिङ्ग :
बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा


  • 3.7K
    SHARES
    • बैशाख २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.7K Views

    बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

    हेटौँडा, २२ वैशाख । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिकरुपमा प्रयोगमा ल्याइने बताउनुभएको छ ।

    images

    मन्त्री बज्राचार्यले वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्नुहुने जानकारी दिनुभयो ।

    उहाँले काठमाडौँको वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न भेषभूषा र झाँक्रीसहित र्यालीले  काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गर्नुभयो ।

    यसैगरी प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनीमन्त्री गङ्गानारायण श्रेष्ठले बताउनुभयो ।

    उक्त भाषा प्रयोगमा ल्याइएको खुसियालीमा हुने कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति बनाइएको छ ।

    बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।


    तेस्रो आँखा