• ट्रेण्डिङ्ग :
२८ माघसम्म लम्बियो काठमाडौं जिल्ला अदालतको सेवा संकुचन

२८ माघसम्म लम्बियो काठमाडौं जिल्ला अदालतको सेवा संकुचन


  • 6.2K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    २८ माघसम्म लम्बियो काठमाडौं जिल्ला अदालतको सेवा संकुचन

    काठमाडौं, २० माघ । काठमाडौं जिल्ला अदालतले आफ्नो सेवा संकुचनको समयावधि २८ माघसम्म लम्ब्याएको छ। 

    images

    अदालतको बिहीबार बसेको पूर्ण बैठकले ५ माघको पूर्ण बैठकको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिई २८ माघसम्म सोही निर्णय बमोजिमका काम कारवाही तथा सेवाहरू मात्र प्रवाह गर्ने निर्णय गरेको हो। 

    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टबाट न्यायाधीशहरू, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै ५ माघको पूर्ण बैठकले ६ माघदेखि १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई बिहीबार बसेको पूर्ण बैठकले २८ माघसम्म निरन्तरता दिने निर्णय गरेको गरेको हो। 

    ‘मुद्दा/निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिन र तारिख लिने लगायतका सेवाहरू लिने क्रममा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी भिडभाड हुन नदिई सामाजिक दुरी कायम गरिदिन’ अदालतले भनेको छ। 
     

    272919487_2098204407008861_5547264877494202936_n.png

     

  • सम्बन्धित विषय:

  • # काठमाडौं जिल्ला अदालत

  • तेस्रो आँखा