• ट्रेण्डिङ्ग :
‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह


  • 6.7K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    ‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह

    काठमाडौं, २० माघ । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन्। माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले त्यस्तो आग्रह गरेका हुन्।   

    images

    डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे।

    अर्थमन्त्री शर्माले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पूँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए। 

    अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादकत्व बढाउने  काममा सक्रिय हुन उनले आग्रह गरे।