काठमाडौं, २१ माघ । चन्द्रागिरीमा गए राती दश बजेदेखि लगातार हिउँ परिरहेको छ। बिहीबार बेलुका परेको पानीसँगै चन्द्रागिरीमा हिउँ परेको हो।
अहिले पनि त्यहा हिउँ पर्ने क्रम जारी छ। हिउँ परेसँगै हिउँ खेल्न जानेहरुका घुँइचो लागेको छ। बिहीबार देखि परेको हिमपातको कारण नेपालका हिमाली तथा उच्च पहाडी जिल्लाको जनजीवन भने कष्टकर बनेको छ।
बिहीबार र शुक्रबार नेपालका अधिकांश ठाउँमा पानी तथा हिमपात पर्ने मौसम पूर्वअनुमान महाशाखाले जनाएको थियो।




