• ट्रेण्डिङ्ग :
घट्यो सुनको मूल्य , चाँदीको स्थिर

घट्यो सुनको मूल्य , चाँदीको स्थिर


  • 7.9K
    SHARES
    • कार्तिक २३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    घट्यो सुनको मूल्य , चाँदीको स्थिर

    नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले ओरालो लागेर ९२ हजार ३ सय तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ। यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो।

    महासङ्घकाअनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। चाँदी सोमबार प्रतितोला रु एक हजार २ सय ५० मा कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ।


    तेस्रो आँखा