• ट्रेण्डिङ्ग :
चार हजार पाँच सय हेक्टर वन सखाप

चार हजार पाँच सय हेक्टर वन सखाप


  • 2.7K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.1K Views

    चार हजार पाँच सय  हेक्टर वन सखाप

    मन्थली (रामेछाप), २८ वैशाख । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    images

    उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् । यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन् ।

    यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ । वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ । 


    तेस्रो आँखा