• ट्रेण्डिङ्ग :
पूर्ण अपडेट
जीप दुर्घटनामा मृत ८ जनाको सनाखत,बेहुला बेहुलीको उपचार हुँदै   (पूर्ण विवरणसहित)

जीप दुर्घटनामा मृत ८ जनाको सनाखत,बेहुला बेहुलीको उपचार हुँदै   (पूर्ण विवरणसहित)


  • 7.6K
    SHARES
    • माघ २२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    जीप दुर्घटनामा मृत ८ जनाको सनाखत,बेहुला बेहुलीको उपचार हुँदै   (पूर्ण विवरणसहित)

    काठमाडाैं, २२ माघ ।  आज बिहान प्युठानको गौमुखी गाउँपालिमा बेहुली बेहुली सवार जीप दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ । बेहुली लिएर घर फर्कदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो । 

    images

    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहेका छन् । 

    प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा परि बेहुला दानबहादुर जिसी र बेहुली सावित्रा जिसी घाइते भएका छन् ।

    उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा मृत तथा घाइतेकाे पूर्ण विवरण यसप्रकार छ ।

    273455510_1179470112790176_5108765858407483944_n.jpg

  • सम्बन्धित विषय:

  • # प्युठान दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप