• ट्रेण्डिङ्ग :
आइतबारदेखि मौसम सुधार हुने

आइतबारदेखि मौसम सुधार हुने


  • 7.5K
    SHARES
    • माघ २२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    आइतबारदेखि मौसम सुधार हुने

    काठमाडौं, २२ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम सुधार हुँदै जाने भएको छ। आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मानन्धर जानकारी दिइन्।

    images

    आइतबारदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि पुन:अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको उनले जानकारी दिइन्।  

    राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।  

     

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा