काठमाडौं, २३ माघ। देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। आजदेखि माैसम सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गत बिहिबारदेखि प्रभावित मौसममा गएरातिदेखि क्रमिक रुपमा सुधार हुन थालेको छ।
आजदेखि दुई/तीन दिनसमम मौसममा सुधार हुने छ भने आगामी बुधबार/बिहीबारदेखि पुनः अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। तराई भू-भागका केहि स्थानमा हुसुरकुहिरो लागेको छ। देशका तराई भू-भागमा हुसुरकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २३ गते (आइतबार)
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
माघ २४ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
राती : प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
माघ २५ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
राती : प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
