• ट्रेण्डिङ्ग :
चाइना हस्पिटलद्वारा भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

चाइना हस्पिटलद्वारा भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण


  • 11.6K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 17.9K Views

    चाइना हस्पिटलद्वारा भरतपुरका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

    चितवन, १ जेठ । चाइना हस्पिटल प्रालिद्वारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।  स्वयंसेविकालाई परम्पारागत चाइनिज उपचार पद्धतिका बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच एवं उपचार पनि गरिएको हो ।

    images

    भरतपुर महानगरको समन्वयमा चाइना अस्पतालका १८ चिकित्सक र ६० स्वास्थ्यकर्मीले जाँच गरेका हुन् । स्वास्थ्यकर्मीले टाउको, खुट्टा, ढाड दुखाइको चाइनिज पद्धतिबाट उपचार गरिएको थियो । यो उपचार पद्धतिमा आवश्यक पर्ने आयुर्वेदिक जडीबुटी नेपालमा पनि पाइने भएकाले सहज तरिकाबाट उपचार गर्न सकिने कार्यक्रम संयोजक सजना रिमालले जानकारी दिनुभयो ।

    पहिलो चरणमा ६० जनाको स्वास्थ्य परीक्षण गरिएको भए पनि क्रमसँगै दुई सय सातजनालाई समेट्न लागेको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । अस्पतालबाट आएको टोलीले महानगर प्रमुख रेनु दाहालसँग भेट गरेपछि शिविर आयोजना गरेको संयोजक रिमालले बताउनुभयो । 

    महागरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई स्वास्थ्य पर्यटनसँग जोड्न पनि यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।  आगामी दिनमा पनि भ्रमण वर्षसँग जोडेर यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।


    तेस्रो आँखा