• ट्रेण्डिङ्ग :
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते


  • 3.3K
    SHARES
    • जेठ ५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.0K Views

    मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

    मकवानपुर, ५ जेठ । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा