• ट्रेण्डिङ्ग :
टरिगाउँ एयरपोर्ट विस्तारका लागि बजेट विनियोजन

टरिगाउँ एयरपोर्ट विस्तारका लागि बजेट विनियोजन


  • 5.7K
    SHARES
    • जेठ १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 8.8K Views

    टरिगाउँ एयरपोर्ट विस्तारका लागि बजेट विनियोजन

    दाङ १५ जेठ/टरीगाउँ विमानस्थल विस्तारकालागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा बजेट विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले भने,झटरीगाउँ विमानस्थल विस्तारकालागि आवश्यक बजेट विनियोजन गरेको छु । 

    images

    विमानस्थल विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा समिति नै बनाएको थियो । विमानस्थल विस्तारका लागि उपमहानगरले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ । झहामीले नीतीगत रूपमै पहल गरेपछि सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेको छ ।

    उपमहानगर प्रमुख टिकाराम खड्काले भन्नुभयो,झअब विमानस्थल विस्तार हुन्छ र निकट भविष्यमै नियमित उडान हुनेछ ।  आफ्नो अथक प्रयासपछि विमानस्थल विस्तारका लागि बजेट परेको भन्दै उपप्रमुख चौधरीले खुसी व्यक्त गरिन । यसैबीच तुलसीपुर उपमहानगरपालिकाले विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेकोमा अर्थमन्त्री पुनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । प्रमुख खड्काले आज वक्तव्य जारी गर्दै विमानस्थल विस्तारमा अभियानमा साथ दिने उद्योग बाणीज्य संघ,चेम्बर अफ कमर्स र नागरिक समाजप्रति आभार व्यक्त गर्नुभएको छ ।


    तेस्रो आँखा