• ट्रेण्डिङ्ग :
मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा 'बतास'

मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा 'बतास'


  • 12.0K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 18.4K Views

    मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा 'बतास'

    काठमाडाैं,२७ माघ । बतास समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । 

    images

    ‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको अदालत श्राेतले जनायाे ।

    बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । 

    केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसबापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूह सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो । 

  • सम्बन्धित विषय:

  • # प्रेम आले
  • # आनन्दराज बतास

  • तेस्रो आँखा
    लेखकबाट थप