• ट्रेण्डिङ्ग :
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक बस्दै


  • 4.1K
    SHARES
    • आषाढ १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.4K Views

    बागमती प्रदेशसभाको बैठक बस्दै

    बागमती, १२ असार/बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । उक्त बैठक बिहान ११ः३० बस्ने तय भएको छ । 

    images

    बैठकमा प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । मङ्गबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयको विषयगत छलफल प्रारम्भ भएको थियो ।

    यही असार १ गते प्रदेशसभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

    मङ्गलबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश उच्च शिक्षा ९पहिलो संशोधन० अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । 


    तेस्रो आँखा