• ट्रेण्डिङ्ग :
देशभर मनसुनी वायुको प्रभाव

देशभर मनसुनी वायुको प्रभाव


  • 4.2K
    SHARES
    • आषाढ १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.5K Views

    देशभर मनसुनी वायुको प्रभाव

    काठमाडौँ, १५ असार/देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

    images

    लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


    तेस्रो आँखा