• ट्रेण्डिङ्ग :
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा


  • 2.1K
    SHARES
    • आषाढ २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.3K Views

    मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

    सिन्धुपाल्चोक, २३ असार/ लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

    images

    विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि  सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो

    सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८,  पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताउनुभयो ।


    तेस्रो आँखा